अनेमसंघ (क्रान्तिकारी) को धुनीबेसी र गल्छीको भेला सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०८०

धादिङ । नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धादिङले आज धुनीबेसी र गल्छी गाउँपालिका स्तरीय भेला सम्पन्न गरेको छ ।

अनेमसंघ (क्रान्तिकारी) बागमती प्रदेश अध्यक्ष पार्वती थापाको प्रमुख आतिथ्यतामा भएको धुनीबेसी नगरपालिका स्तरीय भेलाले भगवती कँडेल अध्यक्ष रहेको २५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

यस्तै माओवादी केन्द्र धादिङको नेतृ संगिता कडेल (दिपा) को प्रमुख आतिथ्यतामा आजै भएको गल्छी गाउँपालिका स्तरीय भेलाले तुलसा अधिकारी अध्यक्ष रहेको २५ सदस्यीय समिति गठन गरेको छ ।