पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउँछौं -मुख्यमन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २५, २०७९

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाल पत्रकार महासंघ, जिल्ला शाखा धादिङको २३ औँ साधारणसभा तथा पुरस्कार अर्पण कार्यक्रममा बोल्दै पत्रकारहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराईने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री जम्कट्टेलले पत्रकारहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गर्नको लागि ५० लाख सहयोग गर्ने बताउँदै महासंघले सन्चालन गर्न लागेको सन्चार ग्राम निर्माणको लागि डिपिआर भईसकेको र भवन निर्माणकाम अब अगाडी बढ्ने बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले समाचार लेख्दा हरेक पत्रकारले आचारसंहिताको ख्याल गर्नभुल्न नहुने बताएका थिए । महासंघलाई हिजो पनि नीलकण्ठ नगरपालिकाले भने बमोजिम नै सहयोग गरेको थियो अब पनि गर्ने नै छ त्यसका लागि संस्थागत ढैगले योजना ल्याउन आग्रह गरेका थिए ।

साधारण सभाको अवसरमा महासंघले सिताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार मुरारी अधिकारीलाई, विकास पत्रकारिता पुरस्कार नारायण सिलवाल र उपेन्द्र अधिकारीलाई, शालिकराम बर्मा पत्रकारिता पुरस्कार गोमा थापा र शिवराज आर्चाय प्रदान गरेको थियो