नीलकण्ठको तेस्रो मेयरकप ब्याडमिण्टन पुरुष एकल तर्फको उपाधी प्रिन्स दाहाललाई (अन्य विजेतको सूची सहित)

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २५, २०७९

धादिङ । एपीएफमा आवद्ध नेपालका चर्चित ब्याडमिण्टन खेलाडी मध्ये पर्ने प्रिन्स दाहालले धादिङबेसीमा सम्पन्न भएको तेस्रो मेयरकप राष्ट्रिय तर्फको पुरुष एकलमा आर्मीका रुकेश महर्जनलाई पराजित गर्दै प्रथम भएका छन् । नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङ जिल्ला ब्याडमिण्टन संघको व्यवस्थापनमा आज सम्पन्न भएको राष्ट्रिय तथा जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगितामा र्याङकिङ टप २० भन्दा माथि सहभागि गराईएको पुरुष डवल विधामा एपीएफका प्रनिश ठकुरी र सुजन थापा विजयी हुँदा आर्मीका प्रविण लिङथेप र राजुथापाको जोडी उपविजेता बनेको थियो ।

प्रतियोगितामा विजयी टिमलाई निलकण्ठ नगरपालिकाका मेय भिमप्रसाद ढुङ्गानाले नगद सहित पुरस्कार वितरण गरेका थिए । उक्त राष्ट्रिय तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा राष्ट्रिय पुरुष सिंगल तर्फ प्रथम ५१ हजार, दितिय ३४ हजार र तृतीय २० हजार, राष्ट्रिय महिला सिंगल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय यु १७ पुरुष सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, राष्ट्रिय यु १७ महिला सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, महिला डवल ९टप २० भन्दा बाहेक० प्रथम ४० हजार, दितिय २५ हजार र तृतीय १८ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै राष्ट्रिय पुरुष डवल ४५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय पुरुष डवल ५५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय तर्फ खुल्ला निर्वाचित जनप्रतिनिधि स्तरीय पुरुष डवल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, जिल्ला स्तरीय पुरुष डवल बी लेवल, राष्ट्रिय पुरुष तर्फ प्रथम ३० हजार, दितिय २० हजार र तृतीय १५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

अन्य विधामा को को विजयी बने सूची