धादिङ । शनिबार हुन गहिरहेको नेपाल पत्रकार महासंघ, धादिङ शाखाको २३ औं साधारणसभा तथा विभिन्न पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गर्न बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आउने भएका छन् ।
साधारणसभा विभिन्न विधा जिल्लाका ७ जना पत्रकारलाई सम्मान गर्ने तयारी गरेको पत्रकार महासंघ, धादिङ शाखाले शनिबार बिहान ९ः०० बजे होटल जिविका, धादिङबेसी पुछारबजारमा साधारणसभाको उदुघाटन हुने जनाएको छ ।