धादिङ । नेकपा (माओवादी केन्द्र) नीकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) धादिङको अध्यक्षमा अर्जुन भुजेल चयन भएका छन् ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादु भण्डारीको प्रमुख आतिथ्यता तथा जिल्ला संयोजक मनराज भण्डारीको विशेष आतिथ्यतामा आज भएको भेलाले अर्जु भुजेल अध्यक्ष रहने गरी २५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा दिल बहादुर बिसुराल, गोविन्द ढुङगाना, सचिवमा हरि बहादुर लम्साल, सह सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा बासु तिवारी, टेक बहादुर रेग्मी, युवराज रिजाल, सुविलाल तामाङ, पुरन नेपाली, वीर बहादुर तामाङ, भक्त बहादुर दर्जी, धुव्र उप्रेती, साधुराम तामाङ, मनोज पौडेल, खो बहादुर तामाङ, तिल कुमारी राउत, कृष्ण बिक, जानुका सुवेदी, सुर्य बहादुर बिक, पदम बहादुर लामिछाने, तारा देवी भण्डारी र डम्वरप्रसाद लम्साल चयन भएका छन् ।