धादिङ । गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भैसकेको छ ।
डेंगु प्रभावित जिल्लाहरुमा धादिङ पनि पर्ने गर्दछ । जव डेंगुले मानिस विरामी पर्न थाल्छन् तव यहाँका स्थानीय सरकार र सरोकारवालाहरुको ध्यान केन्द्रित हुन थाल्छ । डेंगु लामखुट्ेहरु धादिङमा देखिन सुरु भैसकेपनि यसको रोकथामका लागि पहल भएको देखिँदैन । गर्मी मौसम सुरु भएसँगै डेंगुका केश बढ्न सक्ने भएकाले सावधानी अपनाउन केन्द्र सरकारले आग्रह गरे पनि यहाँका स्थानीय सरकारहरुले रोकथामका पहल गरेकको देखिएको छैन । गत वर्ष धादिङमा एकै दिन १५० जना बढीमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
सामान्यतया डेंगुको सङ्क्रमण दर जेठ महिनाबाट बढ्ने गर्छ । त्यसका लागि बेलैमा सतर्कता अपनाउनु पर्ने नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहाल बताउँछन् । उनका अनुसार साढे दुई महिनाको अवधिमा ४५ जिल्लाको ११५ वटा पलिकामा डेंगुको केश देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा ५० जनामा सङ्क्रमित पुष्टि भएको छ ।
नेपालमा डेंगु देखिन थालेको १९ वर्ष भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाअनुसार यस बीचमा सबैभन्दा बढी २०७९ सालमा मृत्यु तथा सङ्क्रमित भएको छ । यस वर्ष साउन, भदौ, असोज, कार्तिक मङ्सिर सम्ममा ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो । जसमा ५० जनाको ज्यान गएको थियो भने ४० हजार भन्दा धेरै जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।