लापा र सेर्तुङमा दाँते ओखरको विरुवा वितरण

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १९, २०७९

धादिङ । रुबीभ्याली गाउँपालिकाका कृषि प्राविधिक दिल्ली घलेका अनुसार वडा नम्बर ५ लापा ठुलो गाउँ स्थित छुमर कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड र वडा नम्बर ३ सेर्तुङ स्थित आँखुखोला कृषि तथा पशुपन्छी कृषक समुहलाई अनुदानमा ९०० वटा दाँते ओखरको विरुवा प्रदान गरिएको छ ।

लापा ठुलो गाउँका किसानले ४५० विरुवा र सेर्तुङका किसानले पनि ४५० विरुवा नै पालिकाको अनुदानमा दाँते ओखर विरुवा पाएको उनले बताए । किसानले विरुवा रोपण गरिसकेका छन् ।

जुम्ला, रोल्पा, मुस्ताङका किसानले दाँते ओखर खेतीबाट राम्रो आम्दानी गर्न सफल भए सँगै उत्तरी धादिङको लापा र सेर्तुङका किसान पनि दाँते ओखर खेतीमा आकर्ष बनेका हुन् । उनीहरुको यो आकर्षणलाई पालिकाले सम्बोधन गरेको पालिका अध्यक्ष रामसिंह तामाङले धादिङपोष्टलाई बताए ।

यो ओखर पहाडी क्षेत्रमा पाइने फल हो । यसका बिभिन्न जात हुन्छन् । ति जातहरु भित्रको एक हो दाँते ओखर । दाँते नाम युरोपबाट आएको भन्ने गरिन्छ । सामान्यतया ९०० दखि ३००० मिटर सम्ममा ओखर पाइने गर्छ । यो ओखर निकै मिठो हुन्छ । यो ओखर नियमित खाँदा मस्तिस्कलाई तेजिलो बनाउन सहयोग गर्ने, मुटु स्वास्थ राख्न मद्दत गर्ने, शरिर मजबुत बनाउने र क्यान्सर रोगा सँग लड्ने क्षमता गर्ने बताईन्छ । धादिङपोष्टका लागि फोटो सौजन्य प्रयास घले रुबीभ्याली