माओवादी केन्द्र सिद्धलेक, गजुरी र बेनीघाट रोराङको संयुक्त प्रशिक्षण सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १८, २०७९

उपेन्द्र जमकट्टेल
धादिङ ।
नेकपा माओवादी केन्द्र सिद्धलेक, गजुरी र बेनीघाट रोराङको संयुक्त प्रशिक्षण मलेखु स्थित भद्रकाली सामुदायीक विकास समितिको भवनमा सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवम् माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा उक्त ३ पालिकाको संयुक्त प्रशिक्षण भएको हो ।

प्रशिक्षणमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी विकासको मुलधारको पार्टी भएकोले जनताले खोजेको विकास योजना तल्लो कमिटीदेखि नै बन्नाउनु पर्ने बताएका थिए । पहिला संगठन मजुवद बनाऔं, अनि जनताको माग कहाँ के छ, विकासका योजनाहरु लिपिबद्ध गर्न आग्रह समेत मन्त्री जमकट्टेलले आग्रह गरे ।