धादिङमा नक्कली नाेट सहित गंगाजमुनाका विकास नेपाली पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १६, २०७९

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले धादिङबेसी बीच बजारबाट गंगाजमुनाका विकास नेपालीलाई नक्कली नाेट सहित नियन्त्रणमा लिई मुद्दा चलाउने तयारी गरिएकाे जनाएकाे छ ।

गोप्य सुचना प्राप्त भए पश्चात बीचबजारबाट गंगाजमुना गाँउपालिका वडा नं.६ घर बताउने बिकाश नेपालीको शरिर खानतलासी लिंदा निजले लगाएको ज्याकेटको भित्री गोजीमा झट्ट हेर्दा सक्कली जस्तै देखिने हजार दरको दुई वटा नेपाली रुपैयाँ फेला पारेकाेले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।