शिक्षक संघ धादिङको निर्वाचन ४ गते हुने, अध्यक्षमा दुई जना भिड्दै

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २, २०७९

धादिङ । नेपाल शिक्षक धादिङको नवौं जिल्ला अधिवेशन फागुन १९ गते उद्घाटन भएर सर्वसम्मत कार्यसमिति गठन गर्न चैत्र १ गते सम्म समय दिईएकोमा सर्वसम्मत नभएका पदहरुमा चैत्र ४ गते मतदान हुने भएको छ । सर्वसम्मत हुन नसकेको अध्यक्ष १, सचिव १, सचिव अर्थ १, सहसचिव खुल्ला १ संघीय प्रतिनीधि खुल्ला ५ र प्रदेश प्रतिनीधि खुल्ला ५ पदमा चैत्र ४ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदमा शिवहरि अधिकारी र देवीप्रसाद छत्कुली बीच प्रतिस्पर्धा हुने भएको छ भने सचिवमा अर्जुन अधिकारी र रोहिणीप्रसाद कोईराला बीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै सचिव अर्थका लागि चिरञ्जीवी अधिकारी र ललितमान गुरुङ बीच र सह सचिव खुल्ला १ पदका लागि नवराज सापकोटा, हरिप्रसाद अधिकारी, किशान श्रेष्ठ र मनोज कार्की बीच प्रतिपर्धा हुने भएको छ ।

यस्तै संघीय प्रतिनीधि खुल्ला तर्फ ५ जनाका लागि दीपक सिंखडा, विष्णु अधिकारी, राजेन्द्रप्रसाद दाहाल, तुलसी अधिकारी, जगन्नाथ लम्साल, गकुल गिरी, शेरमान श्रेष्ठ र लक्ष्मी लक्ष्मी प्रसाद आचार्य चुनावी मैदानमा छन् । त्यसैगरी प्रदेश प्रतिनीधि खुल्ला ५ जनाका लागि रामबहादुर कार्की, लालबहादुर विक, विष्णु प्रसाद रिमाल, टिकारम वस्ताकोटी, रामकाजी अधिकारी, मानबहादुर श्रेष्ठ र डम्बर बहादुर श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ ।