धादिङबाट एकै पटक १४ जना पास भए, तेक्वान्दोको राष्ट्रिय रेफ्री परिक्षामा

Avatar photo
नारायण सिलवाल
बुधबार, चैत्र १, २०७९

धादिङ । नेपाल तेक्वान्दो संघले गत साउन दोस्रो साता लिएको तेक्वान्दोको राष्ट्रिय रेफ्री लाईसेन्स परिक्षाको नतिजा सार्वजनिक भएको छ । उक्त नतिजा अनुसार धादिङबाट एकै पटक १४ जनाले तेक्वान्दोको राष्ट्रिय रेफ्रीको लाईसेन्स परिक्षा पास गरेका छन् ।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार संघको परिक्षामा धादिङबाट एकै पटक यति धेरै राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेको यो पहिलो पटक हो । जिल्लामा प्रतियोगिता गराउन बाहिरबाट रेफ्री ल्याउनु पर्ने समस्या अब नहुने उनले बताए । यसअघि संघबाट राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त धादिङमा रमेशमान तुलाधर, प्रदिप गिरी र राम पोखरेल गरी ३ जना मात्रै थिए अब यो संख्या बढेर १७ पुगेको छ ।

यी हुन् पछिल्लो पटक एकै पटक रेफ्रीको लाईसेन्स परिक्षा पास गर्ने धादिङका १४ जना
१. सुजन पण्डित
२. विदुर बास्कोटा
३. सिवानी घले
४. मिलन कार्की
५. हनिफ भण्डारी
६.धनबहादुर गुरुङ
७. गौतम श्रेष्ठ
८. सुब्बा श्रेष्ठ
९. राजु तामाङ
१०. अनिश अधिकारी
११. सारा तामाङ
१२. सरुकुमारी मगर
१३. शंकर खड्का
१४. हरिमान शाक्य