नीलकण्ठबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १९, २०७९

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन २३ गते देखि गजुरीको गलौदीमा जिल्ला खेलकुद विकास समितिले गर्दै छ । उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न पाउने छ ।

धादिङका १३ वटै स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्डको आयोजना गरि खेलाडी जिल्ला स्तरीय प्रतियोगिताको लागि सहभागि गराउँदै छन् । नीलकण्ठ पालिकाले पनि खेलाडी छनोट गरि जिल्ला खेलकुद विकास समितिमा नामावली पठाएको छ ।

भलिबल छात्र तर्फ
प्रकाश तामाङ एड्भान्स एकेडेमी
साईमन तामाङ एड्भान्स एकेडेमी
इज्जत दनै, एड्भान्स एकेडेमी
रुवेन तामाङ, नीलकण्ठ मावि
किरण तामाङ, नीलकण्ठ मावि
जोशेफ तामाङ, पशुपती मावि
चोक बहादुर कुमाल, देउराली मावि
विशाल गुरुङ, धादिङ बोर्डिङ
रोचन थापा मगर, देउराली मावि
भलिबल छात्रा तर्फ
रुविना थापा, देउराली मावि
अञ्जना गुरुङ, एडभान्स एकेडेमी
रेविका तामाङ, एडभान्स एकेडेमी
सविना गुरुङ, प्रकाश मावि
प्रतिसा मम्वा तामाङ, प्रकाश मावि
सुमित्रा गुरुङ, प्रकाश मावि
सरला तामाङ, प्रकाश मावि
सलिना गुरुङ, प्रकाश मावि
अरुणिमा तामाङ, प्रकाश मावि

नीलकण्ठ नगरपालिकाले जिल्ला स्तरीय प्रतियोगिताको लागि खेलाडी छनोट गर्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको आयोजना माघ १३ देखि १६ गते सम्म संचालन गरेको थियो । २७ सरकारी र ५ निजी गरी ३२ माध्यामिक विद्यालय रहेको यस नगरपालिकाका २१ वटा माविहरुले भाग लिएका थिए । जस मध्य १७ स्वर्ण सहित नीलकण्ठ मावि प्रथम, ७ स्वर्ण सहित बालमन्दिर दोस्रो बन्दा, चन्डेश्वरी र एड्भान्स एकेडेमीले ५-५ स्वर्ण पदक जितेका थिए ।