नीलकण्ठको राष्ट्रपति रनिङ शिल्डमा यी दिदी र बहिनीको चर्चा

Avatar photo
Dhadingpost
सोमवार, माघ १६, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १७ स्वर्ण सहित नीलकण्ठ माध्यामिक विद्यालयले जित्यो । नीलकण्ठ माविको जितका लागि सलिना श्रेष्ठ ३, मेलिना श्रेष्ठ २, परशुराम तामाङले २ गोल्ड, सविन रिजाल १, विराज तामाङ १, अशोक रिजाल १, जोन तामाङ १ सुमन घले १, भलिबल खेलाडीहरुबाट १, सविना श्रेष्ठ १ स्नेहा तामाङ १, रितु खड्का १, रिडिमा खड्का १ स्वर्ण जितेका थिए ।

नीलकण्ठ माविको जितका लागि दिदी बहिनी सलिना श्रेष्ठ र मेलिना श्रेष्ठले महत्वपूर्ण योगदान गरे । बहिनी मेलिना अहिले १३ वर्ष भईन भने दिदी सलिना १५ वर्ष । नीलकण्ठ नगरपालिका स्थित साङ्कोस निवासी यी दिदी बहिनी सलिना कक्षा ९ र मेलिना कक्षा ८ अध्ययनरत छन् । ३-३ वटा मेडल भिरेर प्रतियोगिताको समापन कार्यक्रममा चर्चामा रहेका यी दिदी/बहिनी भन्छन् । अब कहिले काहि मात्रै हैन नियमित खेल्ने हो ।

नीलकण्ठ माविका लागि दिदी सलिनाले १५०० मिटर, ३ किलोमिटर र ४ इन्टु ४०० रिले दौडमा गरी ३ स्वर्ण जित्न सफल भएकी थिईन् भने, बहिनी मेलिनाले ट्रिपल जम्प र लङजम्पमा २ स्वर्ण र ४ इन्टु १०० रिले दौडमा रजत पदक योगदान गरेका थिए ।

नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट यी दुबै जना जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् । यो प्रतियोगिताले यी दुई दिदी बहिनीलाई बाहिरी समुदायमा परिचित मात्रै गराएको छैन । बाँकी खेल जिवनका लागि ढोका समेत खोलि दिएको छ ।