धादिङमा दुई जना फरार प्रतिवादी पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १६, २०७९

धादिङ । अदालतबाट बैंकिङ कसुर मुद्दा दोसी ठहर भएका धुनिवेशी २ का लोहनी भन्ने ईश्वर राज लोहनी र सवारी ज्यान मुद्दा फैसला अनुसार जरिवाना नतिरी फरार रहेका थाक्रे ४ का राजेन्द्र लुंगेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी धादिङले जनाएको छ ।

उच्च अदालत पाटनको मिति २०७७।१०।२३ गतेको फैसला आदेशले बैंकिङ कसुर मुद्दामा १ लाख २९ हजार ७०० जरिवाना भई फरार रहेका प्रतिवादी धुनिवेशी २ बस्ने ३६ वर्षिय लोहनी र पर्वत जिल्ला अदालतको मिति २०६८।०१।१५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा २ हजार जरिवाना भई फरार रहेका प्रतिवादी थाक्रे ४ का ३५ वर्षिय राजेन्द्र लुंगेलीलाई पक्राउ गरी आवश्यक कारवाहीको धादिङ जिल्ला अदालतमा पेश गरिएको सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले बताए ।