गल्छीको राष्ट्रपति रनिङ शिल्ड द राइजिङ भिलेजले जित्यो

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ३, २०७९

धादिङ । गल्छी गाउँपालिकाका ९ वटा माध्यामिक विद्यालयहरु सहभागि गल्छी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड यो वर्ष पनि द राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ स्कुलले ७ स्वर्ण ५ रजत र ४ कास्य सहित जितेको छ । ६ स्वर्ण ८ रजत ७ कास्य सहित जनकल्याण माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण ५ रजत २ कास्य सहित बागेश्वरी माध्यमिक विद्यालय तृतीय भएका छन् ।

यस अघिको गल्छीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण र ८ रजत सहित प्रथम भएको द राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ यो यो वर्षपनि आफ्नो जितलाई निरन्तरता दिन सफल भएको छ । द राइजिङ भिलेज ०७४ को प्याब्सन कप विजेता र गल्छी गाउँपालिकाले ०७६ सालमा पालिका भित्रका विद्यालयहरु मध्य उत्कृष्ट विद्यालय घोषित भएको विद्यालय हो ।