बागमती प्रदेशले किसानलाई दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १७, २०७९

काठमाडौं । सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारले एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ उल्लेख छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरले किसानलाई अनुदान दिन जिल्ला जिल्लामा दुग्ध उत्पादक कृषि सहकारीबाट आवेदनहरु संकलन भईरहेको छ ।