जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको
प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरु

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १, २०७९

जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको
प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरु
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाईराख्न आगो ताप्ने, हिटर बाल्ने गिजरको प्रयोग गर्नेलगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔं ।

१. हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो
ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौं ।
२. कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।
३. आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं ।
४. आगो तापी सकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं ।
५. हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं ।
६. सुत्नु अघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।
७. गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुल्ला ठाउँमा जडान गरौं ।
८. गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।
होसियारी अपनाउँदा गपनाउँदै पनि अप्रिय घटना भएमा नआत्तिकन १०० प्रहरी र १०२ मा एम्बुलेन्सलाई कल गरौं
जनहितका लागि रुबीभ्याली गाउँपालिका