धादिङ १ मा वाम गठबन्धनको धन्यावाद सभा भाेली खादा र माला नल्याउन आग्रह

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ११, २०७९

धादिङ । वाम लाेकतान्त्रीक गठबन्धन धादिङ क्षेत्र नम्बर १ ले भाेली मंसिर १२ गते ३ ठाउँमा धन्यावाद सभा आयाेजना गरिएकाे र सहभागीहरूलाई खादा माला नलिई उपस्थितिको लागि अनुरोध गरिएकाे जनाएकाे छ ।

वाम लाेकतान्त्रीक गठबन्धनबाट धादिङ जिल्ला क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, यसै क्षेत्रकाे प्रदेश १ मा कांग्रेसका मदुकुमार श्रेष्ठ र प्रदेश २ मा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी भएका थिए ।

धन्यवाद सभा १ बजे चराैंदी बजार, २:३० मलेखु पेट्राेल पम्प र ४ बजे गजुरी बजारमा हुने वाम लाेकतान्त्रीक गठबन्धनले जनाएकाे छ । क्षेत्र नम्बर २ मा भने माओवादीकाे सहभागिता विनै कांग्रेसले शनिबार धादिङबेसीमा विजय र्याली गरिसकेकाे छ ।