
धादिङ । गठबन्धनको सहयात्री माओवादी केन्द्र धादिङले सहभागिता नजनाएपछि सदरमुकाम धादिङबेसीमा कांग्रेस एक्लैले विजयी र्यालीको आयोजना गरेको छ ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति, क्षेत्र न. २(१) धादिङले आयोजना गरेको विजयी र्यालीमा गठबन्धनको साझा उम्मेदवारको रुपमा संघमा चुनाव जितेका कांग्रेसका रामनाथ अधिकारी र यसै क्षेत्रको प्रदेश १ मा विजयी कांग्रेस कै गोविन्द लम्सालको सहभागिता रहेको थियो ।
हामीलाई कांग्रेसले विजयी र्याली बारे जानकारी गराएको हो । यो क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारलाई योजनावद्ध रुपमा हराईएको छ तसर्थ हामीले यो क्षेत्रको विजयी र्याली सहभागीता नजनाईएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले बताए ।
२ नम्बरको विजयी र्यालीमा हामी सहभागी जनाउँदैनौं १ मा गठबन्धनको मर्म अनुरुप नै नतिजा आएकोले त्यस क्षेत्रमा हुने कार्यक्रममा भने पार्टीको सहभागिता रहने संयोजक भण्डारीले धादिङपोष्टलाई बताए ।