धादिङ १ को गणना १० बजेबाट २ को मतपत्र ल्याईदै

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ५, २०७९

धादिङ । धादिङमा क्षेत्र नम्बर १ र यस क्षेत्रको दुबै प्रदेशको मत गणना बिहान १० बजेबाट गणना गरिने र त्यसका लागि सर्व दलिय बैठक बस्न तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

उत्तरी धादिङका केहि मतदान केन्द्रको मत पत्र सदरमुका धादिङबेसी आईपुग्न दिउँसो सम्म कुर्नुपर्ने भएकोले गणना कार्य आजै हुने तर कति बजे बाट हुने भन्ने समय तय नभएको बताईएको छ ।

दुई लाख ६५ हजार ९ सय ९६ मतदाता रहेको धादिङमा महिला ७० हजार १ सय ६३ जना, अन्य १ जना र पुरुष ७८ हजार ६ सय ७५ गरी १ लाख ४८ हजार ८ सय ३९ मत खसेको छ ।

धादिङमा कुल मतदाता मध्य सबै भन्दा धेरै ८६ प्रतिशत मत हिन्दुङ आधारभुत विद्यालय हिन्दुङ मतदान केन्द्रमा खसेको छ । यस केन्द्रमा रहेको २२५ जना मतदाता मध्य २२० जनाले मतदा गरेका छन् । धादिङमा कुन बुथमा कति मत खस्यो (सूचि सहित)