धुनीबेसीमा फुटबल र गुम्दीमा भलिबलको फाईनल आज

Avatar photo
Dhadingpost
आइतवार, अशोज १६, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिका ६ तल्लो बानियाटारमा जारी नगर स्तरीय 9A Side फुटबल प्रतियोगितामा धुनीबेसी युवा क्लब धार्के र आयोजक टिम बी फाइनल खेल आज हुँदै छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक धुनीबेसी नगरपालिका B ले धुनीबेसी युथ सोसाइटीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भएको थियो । यस टिमको फाईन यात्राको लागि रवि भण्डारीले गोल गरेका थिए ।

यस्तै दोस्रो सेमिफाईनल खेलमा आयोजक A लाई पेनाल्टीमा पराजित गर्दै धुनीबेसी युवा क्लव फाईनल प्रवेश गरेको थियो । निर्धारित समयमा दुबै टिमबाट गोल नभए पछि खेल पेनाल्टि शुट आउटमा गएको थियो । दुइ ओटा पेनाल्टि सेभ गर्दै टिमलाई फाईनल पुर्याउने गोल किपर दिपेन्द्र रेग्मी खेलको म्यान अफ द म्याच भएका थिए । ११ टिम सहभागिता रहेको यस प्रतियोगिताका विजयी टीमले क्रमस प्रथम पुरस्कार ५५ हजार ५५५, दोस्रो पुरस्कार २६ हजार ५५५ पाउने छन् ।

यस्तै गंगाजमुना गाउँपालिका गुम्दी सातदोवाटोमा विजया दशमी २०७९ को पावन अवसरमा जारी पालिका स्तरीय भलिबल प्रतियोगिताको फाईलन आज हुँदैछ । सिर्जनशिल रातमाटे युवा क्लव गंगाजमुनाले गुम्दीले आयोजना गरेको उक्त प्रतियोगितामा डाँडा खर्क युवा क्लवलाई पराजित गर्दै रि गाउँ र मंसिरे युवा क्लवलाई हराउँदै आयोजाक A टिम फाईनल पुगेका छन् । यस प्रतियोगिताका विजयी प्रथमले ३० हजार ३३३, द्वितियले १५ हजार ५१५ र तृतियले१० हजार २१० नगद प्राप्त गर्ने छन् ।