नेत्रावती डवजोङमा अनुगमन टोलीद्वारा ४ पसललाई कार्वाही

Avatar photo
Dhadingpost
आइतवार, अशोज ९, २०७९

धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ र ४ मा सञ्चालित खाद्यान्न/किराना पसल अनुगमनको क्रममा मापदण्ड विपरित संचालन भएका ४ पसल कार्वाहीमा परेका छन् ।

८ वटा किराना पसल १ वटा होटल गरी जम्मा ९ वटा फर्महरूको जिल्ला अनुगमन टोलीद्वारा अनुगमन गरिएकोमा मापदण्ड विपरित संचालनमा आएका ४ पसललाई कार्वाही गरिएको कार्वाही गरिएको घरेलु कार्यालयले जनाएको छ ।

कार्वाही स्वरुप जे. पि. श्रेष्ठ इन्टरप्राइजेज भर्याङभुरूङलाई १० हजार र श्रेष्ठ स्टोर्स भर्याङभुरूङलाई ५ हजार जरिवाना गरिएको छ । यस्तै सामरी सप्लायर्स सेमजोङ र प्रेमिका किराना स्टोर्स, सेमजोङलाई ५–५ हजार जरिवाना गराईएको अनुगमन समितिले जनाएको छ ।