नीलकण्ठ माविका विद्यार्थीले यसरी मनाए, बाल दिवस

Avatar photo
Dhadingpost
भदौ २९, २०७९

धादिङ । धादिङ जिल्लाको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयका विद्यार्थीहरुले आज धादिङबेसी सदरमुकाम बजार क्षेत्रमा चेतनामूलक र सांस्कृतिक झाँकि सहितको र्‍याली गर्दै बालदिवस मानाएका छन् । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने नाराका साथ नीलकण्ठ माविका विद्यार्थीहरुले ५८ औं बाल दिवस बनाएका हुन् ।

एसईई ०७८ को नतिजामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको यस विद्यालयमा २२ सय विद्यार्थी अध्ययनरत छन् । आज नीलकण्ठ माविका सबै विद्यार्थीहरु नेवारी बाजा, पञ्चेबाजा बजाउँदै विभिन्न जातजातिको पोशाकमा सजियर धादिङबेसी सदरमुकामको बजार क्षेत्रमा र्‍याली गर्दै बालदिवस मनाएका हुन् ।

सीसीटीभी क्यामराबाट निगरानी, शिक्षकहरूका लागि डिजिटल हाजिरी, इलेक्ट्रिक सूचना पार्टी, पठनपाठनमा प्रविधिको अधिकतम प्रयोग र प्राविधिक विषयको पढाइले नीलकण्ठ माध्यमिक विद्यालय विद्यार्थी चाप हरेक वर्ष बढिरहेको छ ।

विज्ञान, गणित प्रयोगशाला, ७० वटा कम्प्युटर ल्याव, कक्षाकोठा र बाहिरी वातावरणको निगरानी विद्यालयमा राख्न ६० वटा सीसीटीभी क्यामरा जडान, मल्टिमिडियाद्वारा पठनपाठन, शिक्षा, व्यवस्थापन संकायको अलावा इन्जिनियरिङ, विज्ञान, कानुन संकायको पढाइ हुने हुँदा विद्यार्थीको आकर्षण बढी रहेको पा्रधानाध्यापक ध्रुव अधिकारी बताउँछन् ।