
धादिङ जेष्ठ ३० । धादिङ जिल्लाको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालय तर्फ पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ । गत आर्थिक वर्ष मात्रै २५०० जना भन्दा बढी विद्यार्थीहरु रहेको यस विद्यालयमा यस वर्ष पनि संख्या बढ्ने तर नघट्ने विद्यालयको प्राधानाध्यापक ध्रुव अधिकारी बताउनु हुन्छ ।

अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुने हुँदा पनि नीलकण्ठ माध्यामिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको देखिन्छ । आधाभुत तह देखि नै कम्युटर शिक्षा, बिषय विज्ञ शिक्षक, कक्षा ९ देखि १२ सम्म प्राविधिक तर्फ civil engineering को कक्षा संचालन विद्यालय लाईबेरी, सुविधा सम्पन्न विज्ञान, computer प्रयोगशाला, विद्यालय नर्स नै नीलकण्ठको आकर्षण रहेको प्रअ अधिकारी बताउनु हुन्छ ।
यस आर्थिक वर्ष देखि जिल्लामा पहिलो पटक यस विद्यालयले लाखौं खर्च गरि गणित प्रयोगशाला संचालनमा ल्याउन लागेकोले पनि विद्यार्थीहरुको चाप थप बढ्न सक्ने विद्यालयले अनुमान गरेको छ ।

प्रदेश सरकारको “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि” अनुसार हरेक वर्ष माग गरिए पनि नीलकण्ठले प्रदेश सरकारको यो वस सुविधा नपाएको प्रअ अधिकारी बताउनु हुन्छ ।
प्रदेशको विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि अनुसार आर्थिक वर्ष ०७७-७८ मा गल्छीको बागेश्वरी, बेनीघाट रोराङको रिचोकटारको बागेश्वरी मावि र बेनीघाट रोराङ कै चन्द्रोदय मावि विशालटारले १-१ वटा स्कुल बस पाएका थिए । यस्तै आर्थिक वर्षमा ०७८-७९ पनि बेनीघाट रोराङ रिचोकटारको बागेश्वरी मावि र बेनीघाट रोराङ कै चन्द्रोदय मावि विशालटारले १-१ बस पाउने भएका छन् ।

राजमार्ग क्षेत्रमा रहेका यी विद्यालयहरुले बस पाउने भएपछि विद्यार्थीहरुलाई यातायात सेवा दिन केहि हद सम्म सहज भएको देखिन्छ भने जिल्ला कै पहिलो नमुना विद्यालय नीलकण्ठ माविले भने हरेक वर्ष बसको आवेदन दिने तर प्रदेश सरकारको प्रथामकितामा नराख्ने गर्दा यस विद्यालयमा पढ्ने विद्यार्थीहरु यातायात सुविधाबाट बन्चित भएका छन् ।


