त्रिपुरासुन्दरी गाउँपालिकाको १०० दिनको उपलब्धी

Avatar photo
Dhadingpost
बुधबार, भदौ २९, २०७९

१. आ. व. ०७९/८० का लागि २०७९ साल असार १० गते ६२ करोड ८१ लाख ९२ हजारको बजेट सहित नीति तथा कार्यक्रम पेश
२. सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगायत अन्य स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको व्यबस्था
३. गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा प्रसुतिका लागि भर्ना भई उपचार हुन् नसकी अन्यत्र सिफारिस भएका सुत्केरी हुने महिला(दिदि बहिनीहरुका लागि एम्बुलेन्स खर्च निशुल्क
४. गाउँपालिका अन्तर्गतका सामुदायिक शिक्षण संस्थाहरुमा,प्राविधिक र अप्राविधिक समेत गरि माध्यमिक तह तथा सामुदायिक क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा
५. विभिन्न बिषयगत समितिहरु साथै स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार अन्य समितिहरु गठन
६. नेपाल रेडक्रस सोसाइटी लगायत अन्य संस्थाहरुसंग समन्वय र सहकार्य गरी विपदको समयमा त्रिपाल, टेन्ट लगायत अन्य सामाग्री वितरण
७. स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अन्तर्गतका सम्पूर्ण मतदान केन्द्रहरुमा खसेको मत बराबरको संख्यामा हुने गरी गाउँपालिका भर वृक्षरोपण गर्ने निर्णय बमोजिम १२००३ विरुवाहरु वृक्षरोपण
८. मनपाङ्ग खोला सल्यानटार आयोजना तोकिएको समयमा नै सम्पन्न गर्न खानेपानी तथा सरसफाई मन्त्रालय, डिभिजन कार्यालय, नगर विकास कोष, पालिकामा सक्रिय राजनीतिक दल , सरोकारवाला व्यक्तिहरु र उपभोक्ता समितिसंग छलफल तथा अन्तर्क्रिया
९. गाउँपालिकाको क्षेत्रभित्र प्राकृतिक प्रकोपका कारणले व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति कृया खर्च बापत रु.५०,००० (पचास हजार) घर गोठको संरचना क्षेती पुगेको अवस्थामा रु। १०,००० (दश हजार) र पशु वस्तुको क्षती भएमा प्रतिगोटा रु. ५००० (अक्षरुपी पाँचहजार) सम्म प्रदान गरिने व्यबस्था

१०. सहुलियत दरमा गाई भैंसीमा कृतिम गर्भधारण कार्यक्रम शुरु
११. एक वडा एक भेटेनरी प्राबिधिकको व्यबस्था
१२. महिला दिदीबहिनीहरुलाई ६५ दिने ढाका बुनाई तालिम सम्पन्न
१३. सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलबमान थप गरी (का.स मा.वि रु.१५०००, का.स आ.वि (१.८) रु. १३०००, का. स आ.वि (१.५) रु।१२०००, ई.सि.डी मा कार्यरत वाल शिक्षिका रु.१९२५० र लेखापाल रु.१९५०० पुर्याइएको
१४. लायन्स क्लब र जिल्ला रेडक्रसको साझेदारीमा रक्तदान कार्यक्रम आयोजना
१५. अपांगता परिचयपत्र नविकरणरवितरण शिविर सम्पन्न
१६. वर्षातका कारण अवरुद्ध सडकहरु सुचारु
१७. लायन्स क्लव भुटनीदेवी सेन्टिनियलसंगको सहकार्यमा वडा नं १ वडा नं २ र वडा नं ७ मा ३ थान कन्सनट्रेटर र ६०० थान एन्टीजेन किटको व्यबस्था
१८. सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगायत वडा कार्यालय बाट दिइने सेवा प्रवाहहरु व्यक्तिगत घटना दर्ता, राजश्व, योजना लगायत सेवाहरु डिजिटल बनाइएको
१९. नेपाल रेडक्रस सोसाइटी धादिङसंगको सहकार्यमा गाउँपालिका मातहात रहनेगरी एम्बुलेन्स खरिद
२०. २०७२ सालको भूकम्पबाट अति प्रभावित भई हालसम्म पनि पुननिर्माणको रकम प्राप्त गर्न नसकेका नागरिकहरुलाई सो रकम उपलब्ध गराउन राष्ट्रिय पुन: निर्माण प्राधिकरणको पुनरावलोकन समितिलाई बोलाई छलफल गरिएको