मुकुन्द सेनको २० औं स्मृति दिवस आज

Avatar photo
Dhadingpost
बुधबार, भदौ २९, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित सुनौलाबजार रानीस्वाँरामा जन्मिएका मुकुन्द सेन माओवादी जनयुद्धका सहिद हुन् । मुकुन्द सेनलाई आजैका दिन अर्थात २०५९ साल भाद्र २९ गते थोप्पलको छेउ रिमाल्डीमा लगी तात्कालिन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।

पार्टी कामको लागि नेत्रावती गाउँपालिका स्थित कटुन्जेको थर्पु भन्ज्याङ पुगेको बेला स्थानीय सुराकीको माध्यामबाट तात्कालिन शाही सेनाले कब्जामा लिई मुकुन्द सेन (सन्देश) लाई हत्या गरेको थियो ।

मुकुन्द सेनको जीवनी
धादिङ नीलकण्ठ नगरपालिका स्थित सुनौलाबजार रानीश्वारामा आमा बुद्ध लक्ष्मी सेनको कोखबाट र पिता खड्ग भुवन सेनका दोस्रो सन्तानको रुपमा वि.स. २०१४ साल असार २१ गते मुकुन्द सेन सन्देश जन्मनु भएको थियो । उहाँको दाजु दिपक, भाई वीर सेन, दिदी भगवती सेन हुनुहुन्छ । उहाँको प्रचलित चलन अनुसार मिरा सेन संग विवाह भयो छोरा विभु सेन छोरी प्रथा सेन गरि दुई सन्तान छन् ।

धादिङ सुनौलाबजारमा रहेको भैरवी माध्यामिक विद्यालयबाट एसएलसी पास गर्नुभएका सेन मध्यम किसान परिवारका हुनुहुन्थ्यो । गाउँमा झै-झगडा मुद्धा मामिला मिलाउन निकै सिपालु सेन सामाजिक काममा पनि त्यतिकै अग्रसर हुनेहुँदा गाउँमा लोकप्रिय हुनुहुन्थ्यो उहाँकै सक्रियतामा रानीश्वारा खानेपानी संचालनमा आएको थियो ।

राजनीतिक यात्रा
उहाँले २०३० साल देखिनै मसालको कार्यकर्ता भएर काम गर्नुभयो । सास्ंकृतिक क्षेत्रमा पनि उहाँले काम भएको थियो । परिवर्तित राजनिति संगै उहाँले किसान जनताको न्याय सम्बन्धित ब्यबसाय पनि गर्नु थियो । उहाँले ०५५-५६ सालमा किसान संघ क्रान्तिकारीको जिल्ला नेतृत्व पनि सम्हाल्नु भयो ।

वि.स. २०४८ सालमा पार्टी जनयुद्धमा जानुपर्छ भन्ने सेन २०५४ सालमा पुर्णकालिन हुनुभएको थियो । किसान, नेवा संगठनको जिम्मेवारी सम्हालेका सेन एरिया पार्टी हुँदै जिल्ला कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएको थियो । संगठनको वैठकहरु संचालन गर्ने क्रममा उहाँ धादिङको नेत्रावती गाउँपालिका स्थित कटुन्जेको थर्पु भन्ज्याङ जानुभएको बेला स्थानीय सुराकीद्धारा तात्कालिन शाही सेनालाई खबर गयो ।

सेन चर्चित नेता हुनुहुन्थ्यो, उहाँलाई दुस्मनले धेरै खोजी गर्दथ्यो । सेना सर्चमा आयो, संयोगवस बहिनी पार्वतीको घर जाँदै गर्दा सेना संग जम्काभेट भयो र कब्जामा पर्नुभयो । सेनाको चरम यातनामा पनि सेन झुक्नु भएन ।

त्यहि दिन थोप्पलको छेउ रिमाल्डीमा लगी गोली हानी हत्या गरेर हिड्यो । यसरी क्रान्तिको सिरोभार बाच्नेहरुलाई पुरा गर जनयुद्ध जिन्दावाद भन्दै वि.स. २०५९ साल भाद्र २९ गते साहदत प्राप्त गर्नुभएको थियो । साहित्यमा पनि निकै रुचि राख्ने मुकुन्दको नाममा गजुरी गाउँपालिका स्थित आदमटारमा वाचनालय स्थापना गरिएको छ । यस्तै उहाँको स्मरण गर्दै सुनौलाबजारमा कुवा खनिएको छ ।