धादिङका सविन लामा ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ को ब्लाइन्ड अडिसन पार गर्दै ब्याटलमा प्रवेस

Avatar photo
Dhadingpost
आइतवार, भदौ २६, २०७९

धादिङ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भएको ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ को ब्लाइन्ड अडिसनबाट धादिङ थाक्रे मादेवबेशीका सबिन लामा छनौटमा परेका छन् ।

एक दसक देखि नेपाली संगीत क्षेत्रमा कर्म गरि रहेका धादिङका सबिन लामाले मन्त्र ब्याण्डको ”सधै सधै ” बोलको गीतको प्रस्तुति सँगै ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ को ब्लाइन्ड अडिसन पार गरेका हुन् ।

शनिबार राती भएको अडिसमा लामाले मन्त्र ब्याण्डको ”सधै-सधै ” बोलको गीत मार्फत तीन जना क्वोचको मन जितेर कुर्ची घुमाउन सफल भए ।

२०५३ सालमा आफु सानो छदा गायक राजु लामा आफ्नो गाउँमा एउटा एक कार्यक्रम बीच भेटे भएको स्मरण गराउदै सबिनले क्वोच राजुको टिम रोज्दै ब्याटलमा प्रवेश गरेका हुन । ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ ।