युरोपको रेसमा धादिङकी रशिला तामाङले स्वर्ण जितिन

Avatar photo
Dhadingpost
आइतवार, भदौ १९, २०७९

धादिङ । धादिङ धुनीबेसी निवासी नेपाली धाविका रशिला तामाङले युटीएमआर रेसमा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

रशिला महिला तर्फको युटीएमआर रेसमा प्रथम भएर स्वर्ण पदकको उपाधी जितेकी हुन् । धादिङ घर भएकी रशिलाले १८ घण्टा ५८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चेक रिपब्लिककी मेर्टोभा २० घण्टा २४ मिनेट १० सेकेन्डको समय सहित दोस्रो भईन् ।

३१ अगस्तदेखि ३ सेप्टेम्बरसम्म स्वीट्जरल्यान्ड भएको यस प्रतियोगितामा भोजपुरकी अनिता राई रेसमा तेस्रो भएकी छिन् । यस्तै पुरुष तर्फ नेपालकै भिम बहादुर गुरुङ दोस्रो भएका छन् । उनि गोरखाका हुन् ।

नेपालबाट सहभागी रशिलाको युरोपमा यो नै पहिलो दौड हो । यसअघि धाविका मीरा राईले फ्रान्स (मोन्ट ब्लांक २०१७) मा भएको अल्ट्रा रेसमा स्वर्ण जितेकी थिइन् । फाईल तस्वीर