धुनीबेसीका मेयर आचार्य नगरपालिका संघ बागमती प्रदेशको सदस्यमा चयन

Avatar photo
Dhadingpost
बुधबार, साउन ११, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य नेपाल नगरपालिका संघ बागमती प्रदेशको सदस्यमा चयन भएका छन् । काठमाडौमा सम्पन्न भएको नगरपालिका संघको अभिमुखिकरण तथा बागमति प्रदेस समिति गठन कार्यक्रम मार्फत धादिङबाट धुनीबेसीका मेयर आचार्य सदस्यमा चयन भएका हुन् ।

बागमती प्रदेशका नगरपालिकाहरुका मेयर र उपमेयरहरुको भेलाले सर्वसम्मत रुपमा नयाँ कार्यसमित चयन गरेको हो । बागमती प्रदेशको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्की र सहसंयोजकमा कालिका नगरपालिकाको नगर प्रमुख विनोद रेग्मी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बिदुर नगरपालिकाका उपपमेयर प्रभा बोगटी सहित नागार्जुन नगरपालिकाका उपपमेयर सुशिला अधिकारी, कमलामाई नगरपालिकाका उपपमेयर मञ्जु देवकोटा, बनेपा नगरपालिकाका उपपमेयर बिमला सापकोटा, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, कमलामाई नगरपालिकाका, मेयर उपेन्द्र पोखरेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, बाह्रबिशे नगरपालिकाका उपमेयर मञ्जु तामाङ, दक्षिणकाली नगरपालिकाका उपपमेयर बसन्ती तामाङ डंगोल र गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी चयन भएको संघले जनाएको छ ।

कार्यक्रममा नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष अशोक कुमार श्रेष्ठले पार्टी भन्दा माथी उठेर स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउने गरी काम गर्न सुझाब दिए । कार्यक्रममा नेपाल नगरपालिका संघका महासचिव भिम ढुंगाना लगायत पदाधिकारीहरु र बागमती प्रदेशमा भएका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको थियो । मेयर बालकृष्ण आचार्य हुनु पर्नेमा अन्यथा हुन गएकोमा सच्याईएको छ -सम्पादक