सल्यानटारमा रक्तदान हुनेबारे सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ६, २०७९

५६ औं राष्ट्रिय रक्तसञ्चार सेबा स्थापना दिवसको अबसरमा आयोजित । स्वास्थ्य हाम्रो अधिकार हो र हाम्रै जिम्मेवारी पनि हो भन्ने मुल नाराका साथ स्वास्थ्य अनि समाजसेवामा सदैव समर्पित हुँदै जनस्वास्थ्यका विभिन्न क्षेत्रमा काम गर्दै लायन्स क्लब अफ धादिङ सल्यानटारले त्रिपुरासुन्दरी गाउँपलिकाको सहकार्य र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सायोगमा यहि आउदो श्रावण १२ गते बिहिबार का दिन बिहान ८ बजे देखि २ बजे सम्म त्रिपुरासुन्दरी गाउँँपालिकाको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रमकोको आयोजना गरेकोले सहभागी भइ जीवनदान गर्ने पुण्य कार्यमा सरिक हुनुहुन हार्दिक अनुरोध गर्दछु ।
राजु उप्रेती
अध्यक्ष
त्रिपुरासुन्दरी गाउँपालिका धादिङ