डेगुं रोग बिरुध्द आजै जागौ ! सबै लागौ !!

Avatar photo
Dhadingpost
सोमवार, असार २०, २०७९

धादिङ जिल्लामा यस वर्ष पनि डेंगु रोग देखा परेको छ । यो रोगको महामारी हुन नदिन निम्म उपायहरु अवल्बन गरौं ।, गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं । पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राखौं ।, पुरा बाहुला भएको शरिर पुरै ढाक्ने लुगा लगाऔं, – दिउसो वा राती सुत्दा झुल प्रयोग गरौं, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔं, घरका झ्याल ढोकामा जाली लगाऔं ।, घर वरिपरि सफा सुग्घर राखौं र पानी जम्ने खाल्डा खुल्डी पुरौं । डेंगु रोग रोकथाम तथा नियन्त्रण को लागि सचेतना फैलाऔं ।,

लामखुट्टेको लार्भा तथा अण्डा खोजी तथा नष्ट गर्ने अभियान २०७९
डेगुं रोग बिरुध्द आजै जागौ ! सबै
लागौ !!

सिद्धलेक गाउँपालिका धादिङ