खनियाबासका उपाध्यक्ष सेक्केमानको एक्सन, काम नगर्ने ठेकदारलाई कार्वाही

Avatar photo
Dhadingpost
सोमवार, असार २०, २०७९

धादिङ । धादिङको खनियाबासका उपाध्यक्ष सेक्केमान तामाङले काम नगर्ने ठेकेदार कम्पनी माथि कार्वाहीको एक्सन सुरु गरेका छन् । ठेक्का लिने समयमा काम नगर्ने कम्पनीलाई काम गर्न नदिने बताउँदै आएका उपाध्यक्ष सेक्केमानले गुड पुरन एण्ड कन्स्ट्रक्सन जे.भी. लाई कार्वाही गरेका हुन् ।

खनियाबासमा ८९ लाखको विद्यालय घेराबार र ३८ लाखको अस्पताल घेराबारको २ वटा ठेक्काको काम यस कम्पनीले पुरा गरेन अब गाउँपालिकाले नै उक्त काम गर्ने सेकेमानले बताए ।

अब काम नगरी कागज मिलाएर खाने खनियाबासमा कसैले नसोचे हुन्छ, प्राविधिक स्टेटमेट अनुसारकाम नभएका कामहरुको भुक्तानी समेत नगरिने उनले बताए । सेकेमानले केहि दिनदेखि बजार अनुगमनलाई समेत तिब्रता दिई रहेका छन् ।