त्रिपुरासुन्दरीको पहिलो बैठकका यस्ता छन्, ५ लोकप्रिय निर्णय

Avatar photo
सन्जु श्रेष्ठ
आइतवार, जेष्ठ २२, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँकार्यपालिकाको पहिलो बैठक, लोकप्रिय ५ निर्णय गर्दै सकिएको छ । गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतमा कार्यपालिकाको बैठक सम्पन्न भएको हो ।

बैठकले पालिकामा रहेका मतदाताको संख्या बराबरको संख्या वृक्षारोपण गर्ने, माध्यामिक शिक्षालाई पूर्ण रुपमा निशुल्क गर्ने, हटलाईन टेलिफोन सेवा संचालन गर्ने जस्ता निर्णयहरु गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरु
१. गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा प्रसुतीका लागि भर्ना भई सुत्केरी हुन समस्या भएका गर्भवती महिलालाई अन्य स्वास्थ्य संस्थाहरुमा लानुपर्ने अवस्थमा एम्बुलेन्स भाडा गाउँपालिका तर्फबाट प्रदान गरिने ।
२. माध्यामिक तह सम्म शिक्षा पूर्ण रुपमा नि:शुल्क गरिने र कुनै पनि बहानामा शुल्क उठाउन नदिईने ।
३. गाउँपालिकाका वडा कार्यालयहरु सडक संजान सँग जोडिने ।
४. मतदाता संख्यामा बराबर वृक्षारोपण गरिने ।
५. जनगुनासो तथा सुझावहरु संकलनका लागि २४ सै घण्टा संचालन हुने गरी हटलाइन टेलिफोन सेवा संचालन गर्ने ।

त्रिपुरासुन्दरीको कार्यपालिका सदस्यहरुमा बैशाख ३० गते सम्पन्न गाउँपालिकाको निर्वाचनबाट निर्वाचित अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडा अध्यक्षहरु भिम प्रसाद भट्ट, कृष्ण बहादुर खत्री, कमल बहादुर थापा, कपिल देव सिंखडा, कुश बहादुर सिटौला, हरि विश्वकर्मा, सुवास अधिकारी, दर्पण र जेष्ठ १९ गते सम्पन्न कार्यपालिकाको ६ सदस्यका लागि भएको निर्वाचनबाट विजयी अर्जुन विशुङ्खे, अनिता बिक, राममायाँ पन्थ, देवकी सिंखडा, बुलु बसेल, मन्जु नेपाली छन् ।