त्रिपुरासुन्दरी अध्यक्षद्वारा पदभार ग्रहण, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई शपथ

Avatar photo
सन्जु श्रेष्ठ
बुधबार, जेष्ठ ११, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा उप प्रमुख लगायत वडा अध्यक्ष तथा सदस्यहरुले मंगलबार एक कार्यक्रम बीच शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, शशत्र प्रहरी प्रमुख, निवर्तमान अध्यक्ष तथा उपाध्यक्ष लगायत राजनिती दलका प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो । गाउँपालिका प्रमुख राजु उप्रेतिले उपप्रमुख, वडा अध्यक्षहरु, तथा सदस्यहरुलाइ पालै पालो शपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण पछि पदभार ग्रहण गर्दै ५ वटा निर्णय गरेका छन ।जस्मा सुत्केरी महिलाको लागि अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा, माध्यमिक शिक्षामा मासिक शुल्क निशुल्क, गाउँँपालिका भर मतदाता बराबर वृक्षरोपण, प्रत्येक वडा कार्यालय सम्म कालो पत्रे सडक, गुनासो तथा सुझाव संकलनको लागि २४ घन्टा हटलाइन टेलीफोन सेवा आदि निर्णय गरेकोछ । साथै निर्णय पछी अध्यक्ष तथा उपाध्यक्ष द्वारा पालिका गेटमा २ वटा धुपिको बेर्ना सरेका थिए ।