नीलकण्ठ ८ का किसानले ५ दिने बाख्रा पालन तालिम लिए

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २१, २०७९

धादिङ । गरिवि निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तरगत नीलकण्ठ ८ का किसानलाई ५ दिने बाख्रा पालन तालिन दिईएको छ । १२ जना किसानको सहभागी रहेको थियो ।

उक्त तालिममा बाख्राको जात, खोर, गोठ, आहारा, रोग, बिमा, ब्यावसायिक योजना लगायतका बिषय बस्तुमाथी नीलकण्ठ नगरपालिकाका पशुसेवा प्राविधिक काशिराज रेग्मी, सुवास खतिवडा र राजेश कोइरालाले सहजिकरण गरेका थिए ।

नीलकण्ठ नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा आज एक कार्यक्रमका बिच उक्त ५ दिन देखि सँचालन हुँदै आएको बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा मेड्पा कार्यक्रमका सहजकर्ता राधिका अर्याल, नीलकण्ठ नगरपालिकाका कर्मचारी निर्मला केसी लगायतको आतिथ्यता रहेको थियो ।