माओवादीले नवराज अधिकारीलाई धादिङको समन्वय प्रमुख बनाउने तयारी

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ९, २०७९

धादिङ । सत्ता गठबन्धनको पूर्व सहमती अनुसार जिल्ला समन्वयको प्रमुख बनाउने गरि माओवादी केन्द्रले गंगाजमुना गाउँपालिका ५ बाट वडा सदस्य नवराज अधिकारीलाई उम्मेदवार बनाएको बताईएको छ ।

अधिकारीले गंगाजमुना गाउँपालिका ५ को सदस्यमा १०९० मत ल्याई विजयी भएका थिए । माओवादी केन्द्र स्रोतका अनुसार उनलाई समन्वय प्रमुख बनाउन कै लागि वडा सदस्यमा टिकट दिईएको हो । जिल्ला पार्टीमा अधिकारीलाई समन्वय प्रमुख बनाउने सहमति भै सकेको तर बाहिर सार्वजनिक नगरिएको बताईएको छ ।

जनयुद्धकाल देखि माओवादी आन्दोलनमा जोडिएका अधिकारी शिक्षण पेशाबाट अवकास लिए सँगै राजनितिमा सक्रिय छन् । कांग्रेसले भने समन्वय प्रमुखको विषयमा गठबन्धनको बैठक बसेर कस्लाई बनाउने भन्ने निर्णय हुनै बाँकी रहेको बताएको छ । यसअघि भएको निर्णय माओवादीले नै नमानेकोले समन्वय प्रमुखमा कांग्रेसको पनि दावी रहेको निवर्तमान सभापति रमेश धमलाले धादिङपोष्टलाई बताए ।