ससाहमा मोटर साईकल दुर्घटना एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाडौतर्फ जादै गरेको बा ५ ख ७०७२ नम्बरको आइचरले वागमती प्रदेश०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनामा मोटरसाइकलमा सवार नीलकण्ठ ७ का अर्जुन पोखरेलको उपचारको क्रममा जिल्ला अस्पताल धादिङवेशीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए ।

गम्भीर घाईते निलकण्ठ नगरपालिका वडा नम्बर ३ का सन्तोष अधिकारी थप उपचारको लागि काठमाण्डौं पठाईएको छ । आईचर चालक फरार छन् ।