राप्रपाले खनियाबास ४ को अध्यक्षमा लोकराज गुरुङलाई उठाउने

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ७, २०७९

धादिङ । राष्ट्रिय प्रजातन्ब पार्टीले धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा लोकराज गुरुङलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी खनियाबास गाउँ पालिका वडा नम्बर ४ को मंगलबार सम्पन्न बैठकले लोकराज गुरुङलाई वडा अध्यक्षमा उठाउने सर्वसम्मत निर्णय गरेको हो ।

०७४ सालमा यस वडाको अध्यक्षका उम्मेदवारहरुको मत परिणाम यस्तो थियो
कांग्रेस शम्सेर बहादर घले २७० मत
एमाले हरिसिं गुरुङ ३४६ मत विजयी
माओवादी केन्द्र हिमालय तामाङ ३५ मत
राप्रपा मेघबहादुर तामाङ ९२ मत
नयाँ शिक्त दिलबहादुर तामाङ ५९ मत