धादिङमा एसले माओवादीलाई जति नै समान सिट खोजे पछि गठबन्धन संकटमा

Avatar photo
Dhadingpost
बैशाख ५, २०७९

धादिङ । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रले पाएको सिट बराबर दावी गरेपछि धादिङमा सत्ता गठबन्धन संकटमा परेको बताईएको छ । लगातार साझा उम्मेदवार उठाउने निर्णय गर्न बसेका सत्ता गठबन्धनका दलहरुको बैठक, माओवादी कै हैसियत बराबर नेकपा एसले दावी गरेपछि आईतबार साँझ विना निकर्षमा वैठक टुङ्गिएको बताईएको छ ।

स्रोतका अनुसार एक दलले अर्को दललाई पेल्ने ढंगले चुनावी तालमेल हुन नसक्ने र माओवादीलाई कमजोर पार्ने गरी डाकीने बैठकमा सहभागि नहुने भन्दै आईतबार साँझ माओवादी नेताहरुले बैठक छाडेका थिए । पालिका भागबण्डा सम्म सहमत देखिएको माओवादी केन्द्र, उप प्रमुख बाँडफाँडमा आई पुग्दा काँग्रेस र नेकपा एस मिलेर माओवादीलाई पछाडी धकेल्ने रणनीति बनेको माओवादी नेताहरुले आशंका गरेका थिए ।

यद्यपी समाजवादी ३, माओवादी ३ र कांग्रेसलाई ७ पालिका दिने गरि भएको सहमति मै माओवादी केन्द्रलाई कार्यकर्ताबाट नेतृत्वलाई कमजोर हुनेगरि निर्णय नगर्न बरु एक्लै चुनावी मैदानमा जान दवाव दिएको बुझिएको थियो । अझ उपाध्यक्षमा समेत नेकपा एसले माओवादीले जति पाउँछ त्यति नै दावी गरेपछि माओवादी रुष्ट बनेको बताईएको छ ।

आईतबार दिउँसो सत्ता गठबन्धनको वैठकले माओवादीले थाँक्रे, बेनघिाट रोराङ र नेत्रावती डवजोङ, एकीकृत समाजवादीले धुनीबेसी, गल्छी र रुबीभ्याली यसबाहेका नीलकण्ठ सहित ७ वटा पालिका कांग्रेसले पाउने गरि सहमति भएको र त्यसपछि उप प्रमुख बाँडफाँडमा कांग्रेसले नीलकण्ठको प्रमुख र उप प्रमुख दुबै पद दावी गर्दा प्रेसरमा परेको माओवादी समाजवादीले उप प्रमुख पनि माओवादीले जति नै पाउनु पर्ने दावी गरेपछि माओवादीले बैठक छाडेको बताईएको छ । फाईल फोटो