धादिङका युद्ध न्यौपाने पाए, प्रदेश स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १३, २०७८

धादिङ । धादिङको धुनिबेसी नगरपालिका जिवनपुरका कृषक युद्ध न्यौपानेलाई सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बागमती प्रदेश स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नगद ५० हजार सहित ‘उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारु प्रदान गरेको हो ।

चतना कृषि तथा पशुपन्छी फर्म मार्फत व्यवसायिक कृषि गर्दै आएका न्यौपानेले यस अघि नगद ५ लाख राशी सहितको दोश्रो कृषि तारा अवार्ड २०२१ बाट सम्मानित भएका थिए ।

साना किसान विकास बैंक मार्फत इजरायली दुतावासको सहयोगमा Learn & Earn  कार्यक्रम अन्तर्गत इजरायल तालिममा सहभागी भई स्वदेशमा कृषि व्यवसाय गर्दै आएका न्यौपानेलाई इजरायली दुतावास र अबसर फाउन्डेशनले सम्मान गरेको थियो । उनलाई संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवबाट उक्त अवार्ड प्रदान गरिएको थियो ।

यो भन्दा अघि उनलाई कृषि ज्ञान केन्द्रले धादिङले पनि नगद सहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको थियो । उनले जीवनपुरमा ७० रोपनी जग्गामा तरकारी खेती गर्दै आई रहेका छन् । यो ७० रोपनी जग्गा मध्य १५ रोपनीमा उनले टनेल बनाएर तरकारी खेती गर्दै आएका छन् ।