द राईजिङ भिलेजले खेलाडीद्वय लक्ष्मी थापा र रुपेश भुजेललाई सम्मान गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ११, २०७८

धादिङ । गल्छी गाउँपालिका गल्छी बैरेनीमा रहेको द राईजिङ भिलेज बोर्डिङ स्कुलले बागमती प्रदेश सरकारले आयोजना गरेको खेलकुद प्रतियोगितामा गोल्ड मेडल जित्ने लक्ष्मी थापा र रजत पदक जित्ने रुपेश भुजेललाई सम्मान गर्ने भएको छ ।

द राईजिङ भिलेजका प्रिन्सिपल नवराज ओझाले आफ्नो विद्यालयमा कक्षा १२ मा अध्ययनरत खेलाडीद्वयलाई प्रत्सोहान स्वरुप गोल्ड मेडल जित्ने छात्रा थापालाई नगद १० हजार र रजत पदक विजेता भुजेललाई नगद ५ हजार सहित सम्मान गर्न लागिएको धादिङपोष्टलाई बताए ।

एथलेष्टिक तर्फ लक्ष्मी थापाले २१ किलो मिटरको दौडमा प्रथम भएकी थिईन भने पुरुष क्रिकेट तर्फ रुपेश भुजेल सहभागि धादिङ क्रिकेट टिम फाईनलमा मकवानपुर सँग पाजित हुँदा उप विजेतामा रोकिएको थियो ।