धादिङ उद्योग वाणिज्य संघको अधिवेशन सम्बन्धी जरुरी सूचना

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ३, २०७८

धादिङ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन यही २०७८ चैत्र १०–१२ गते सम्म धादिङवेसीमा हुने व्यहोरा जानकारी गराउँदछु । उक्त वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थितिको लागि सम्पूर्ण सदस्यज्यूहरुलाई पत्राचार गरिसकिएको छ, यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधारमानी अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
नोट ः प्रा.लि., लि. साझेदारी फर्म, सहकारी संस्था, वस्तुगत संघहरुको प्रतिनिधी पत्र यही २०७८ चैत्र ७ भित्र संघको सचिवालयमा उपलब्ध गराईदिनहुन अनुरोध गर्दछु । साथै उक्त साधारण सभा तथा अधिवेशनमा भाग लिन परिचयपत्र अनिवार्य गरिएकोले २०७८ चैत्र ७ गते भित्र २ प्रति फोटो र रजिष्ट्रेशन शुल्क वापतको रु २०० सहित संघको सचिवालयमा सम्पर्क गर्न हुन समेत जानकारी गराउँदछु ।

थप जानकारीको लागि
धादिङ उद्योग वाणिज्य संघको सचिवालय
नीलकण्ठ न.पा. ३, धादिङ
सम्पर्क नं.: ०१०–५२०१२०
रुद्र वहादुर खत्री
अध्यक्ष
धादिङ उद्योग वाणिज्य संघ