शुभलाभमा नियमित गर्भाशयस्राव परीक्षण

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ३०, २०७८

मिति २०७८ चैत ५ गते शनिबार गर्भाशयस्राव परीक्षण (प्याप स्मेयर) पाठेघर क्यान्सरको जाँच मात्र रु ६००मा गरिन्छ ।
के हो पाठेघरको मुखको क्यान्सर? गर्भाशयस्राव परीक्षण (प्याप स्मेयर) किन गर्ने?
पाठेघर वा गर्भाशयको मुखको कोषिकाहरूमा असामान्य परिवर्तन भई त्यस भागमा अनावश्यक रूपले कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ ।

लक्षणहरु
१. महिनावारी महिनाको २ पटक हुने वा धेरै रक्तश्राप हुने भएमा ।
२. महिनावारी रोकिएको वा सुकेको १ बर्ष दिन वा लामो समय पछि फेरि महिनावारी भएमा ।
३. सेतो पानी वा गनाउने पानी बग्ने समस्या भएमा ।
४. यौन सम्पर्क पछी रगत बग्ने भएमा वा धेरै दुख्ने भएमा ।
५. साधरण तया ६० प्रतिशत महिलामा लक्षण नदेखिने हुन्छ तेसैले लक्षण नदेखिएका उमेर समुहका महिलाले पनि अनिवार्य परिक्षण गराउनु पर्दछ ।

रोकथामका उपाय
१. क्यान्सर कारक तत्वहरूबाट अलग रहने ।
२. सानै उमेरमा यौन सम्पर्क नराख्ने र धेरै सन्तान नजन्माउने ।
३. लामो समयसम्म परिवार नियोजनका साधन प्रयोग नगर्ने ।
४. समय–समयमा पाठेघरको जाँच गराउने ।
५. १२ देखी २६ बर्ष उमेर समुहको महिलाले पाठेघर क्यान्सर विरुद्धको खोप लगाउने ।

निदानका सरल उपाय
१. गर्भाशय स्राव परीक्षण (प्याप स्मेयर) गर्नेः गर्भाशयबाट निस्कने स्रावहरू संकलन गरी परीक्षण गराई पाठेघरका कोषिकाहरू सामान्य रहे/नरहेको थाहा पाउने एक सरल र छरितो परीक्षण हो ।
२. सस्तो तथा छोटो समयमानै गर्न सकिने ।

यो परीक्षण कस्ता महिलाले गर्ने ?
३० देखि ६० वर्ष उमेरका विवाहित महिलाले वर्षमा कम्तिमा ३ बर्षमा एक पटक यो परीक्षण गराउनुपर्छ ।
परीक्षणअघि ध्यान दिनुपर्ने कुरा
– महिनावारी भएको ५–७ दिन वा रगत देखा परेसम्म र यौन सम्पर्क गरिएको २४ घन्टासम्म यो परीक्षण गराउनु हुँदैन।
– कुनै औषधि प्रयोग गरिएको हुनु हुँदैन ।
– पानी वा साबुनले योनीभित्र सफा गरिएको अवस्थामा पनि परीक्षण गर्नु हुँदैन ।

नियमित पाठेघरको परीक्षणबाट हुने फाइदा
१. १० वर्षअघि नै पाठेघरमा क्यान्सर छ कि छैन पत्ता लगाई समयमा निदान गर्न ।
२. पाठेघरमा केही संक्रमण हुन थालेको छ भने पहिले नै पत्ता लगाई सामान्य उपचारबाट निको पार्न ।

शुभलाभ पोलिक्लिनिक प्रा.लि.नै किन
तालिम प्राप्त विषेशज्ञ डाक्टरबाट सेवा प्रदान गरिन्छ ।
अन्तराष्ट्रिय स्तरको प्रयोगशालामा परिक्षण लागी पठाईने ।
सम्पर्क ठेगाना
शुभलाभ पोलिक्लिनिक प्रा. लि.
निलकण्ठ ३, धादिङ पुछार बजार
पुल्चोक प्रहरी बिट अगाडी
फोन नं. ०१०–५२११५३,मो.नं. ९८६०१२१९१५, ९८५१२२११५३