धादिङ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ खनियाबास गाउँपालिकाको अध्यक्षमा धनु तामाङ चयन भएका छन् । आईतबार सम्पन्न अधिवेसनले धनु तामाङको अध्यक्षतामा ४३ सदस्यीय राष्ट्रिय युवा संघ खनियाबास गठन गरेको हो ।
नेकपा एमाले बागमती प्रदेश सदस्य एवम् खनीयाबास गाउँपालिकाका इन्चार्ज मंग तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनले उपाध्यक्षमा उत्तम तामाङ, सचिवमा प्रकाश तामाङ, सह–सचिवमाद्वय साजन पौडेल, राम बहादुर तामाङ र कोषाध्यक्षमा सन्चिता गुरुङलाई चयन गरेको छ ।
कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य खुपी कुमारी तामाङ, खनियाबास गाउँपालिका कमिटीका अध्यक्ष पन्थ तामाङ, सचिव रविन तामाङ र हरिसिंङ गुरुङको आतिथ्यता रहेको थियो ।