दार्खामा माघ २५ बाट भलिबल, टिम दर्ता आज सम्म

Avatar photo
Dhadingpost
सोमवार, माघ २४, २०७८

धादिङ । धादिङको खनियाबास गाउँपाकिला ४ दार्खा स्थित सिम्लेमा माघ २५ गते प्रथम ल्होछार पुरुष भलिबल कप २०७८ हुने भएको छ ।

हाम्रो प्रतिवद्धता, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराको साथमा दार्खा युवा क्लवले आयोजन गर्ने भएको उक्त प्रथम ल्होछार पुरुष भलिबल कप २०७८ प्रतियोगिताको लागि टिम दर्ताको अन्तिम मिति आजलाई तोकिएको छ ।

प्रतियोगिताको विजयीहरु प्रथमले १५ हजार, दितियले ८ हजार र सर्वोउत्कृष्ट खेलाडीलाई १५०० र साथमा मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।