टिपर र भ्यान ठोक्किँदा धादिङ गल्छीका दुई जनाको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७८

धादिङ । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा परि मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगाना रहेको प्रहरीले जनाएको छ ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममम बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।