हेटौंडा । बागमती प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई अहंकार त्यागेर काम गर्न सभामुख सानुकुमार श्रेष्ठले आग्रह गरेका छन् ।
बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समापन समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले मुख्यमन्त्री पाण्डेको अहंकार धेरै भयो, यो अहंकार धेरै दिन नटिक्ने सभामुख श्रेष्ठले दावी गरे ।
अहंकारले मान्छेलाई अगाडि बढ्न नदिने भन्दै सभामुख श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई शालिन भएर समग्र प्रदेश र प्रदेशवासीको हितका लागि काम गर्न आग्रह गरे । स्थानीय निर्वाचन र एमसीसीको विषयमा सत्ता गठबन्धन मित्रै असमझदारी बढ्दै गएको भन्दै सभामुख श्रेष्ठले मुख्यमन्त्रीको अहंकार धेरै दिन नटिक्ने बताए ।
सभामुखले सम्बोधन गर्नुपूर्व मुख्यमन्त्री पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको भूमिका समन्वयकारी नभएको भन्दै आलोचना गरेका थिए ।