
काठमाडौं । विभिन्न कम्पनीका रक्सीहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्राण्डका रक्सीहरु चोरी गरेको आरोपमा सन्तोष चन्द्र बख्रेल लगायत ४ जनालाई काठमाडौं उपत्यकाका रामकोट, बानेश्वर, कपनबाट १ करोड ५० लाख बराबरको मदिराहरू सहित पक्राउ गएिको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरु:-
१.नामः सन्तोष चन्द्र बख्रेल (३९ वर्ष)
ठेगानाः जि.पर्सा, गादी गा.वि.स. वडा नं. ०८
हालः का.जि.कपन
२. नामःशैलेश पन्त (३० वर्ष)
ठेगानाः का.जि.कागेश्वरीमनहरा न.पा.०६
३. नामः रविन पाख्रिन (२८ वर्ष)
ठेगानाः जि.पर्सा, सुवर्णपुर गा.वि.स.वडा नं.०५
हालः का.जि.हांडिगाँउ
४. नामः नारायण प्रसाद घिमिरे (३८ वर्ष)
ठेगानाः जि.सर्लाही, वरहथवा न.पा.वडा नं.०९
हालः का.जि.चावहिल
रवि भन्ने भारतिय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्रि वितरण गरेको । सन्तोष चन्द्र बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा विक्रि वितरण गरेको ।
सन्तोष चन्द्र बख्रेलले बजारमा विक्रि वितरण गर्न ईन्फिनिटि लिक्योर, मुलपानीका संचालक शैलेश पन्तसंग मिलेर काम गर्दै आएको नारायण प्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रीको हो भनि ग्राहकलाई विश्वास दिलाई विक्रि गर्दै आएको । उक्त राजश्व छलिका मदिराहरू विशेषतः पाटी प्यालेसमा विक्रि वितरण गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।
