प्रहरी नायव निरीक्षक चन्द्र मोक्तान उत्कृष्ट घोषित

Avatar photo
दिपेश कडेल
बिहिबार, माघ १३, २०७८

धादिङ । ईलाका प्रहरी कार्यालय बेनीघाटमा कार्यरत प्रहरी नायव निरीक्षक चन्द्र मोक्तान उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले पुस महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

बागमती प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं २ रातामाटे मकवानपुर दरबन्दी भई ईलाका प्रहरी कार्यालय बेनीघाटमा कार्यरत प्रहरी नायव निरीक्षक मोक्तानले गत पुस १४ गते बेनीघाट बजारको एस के एस मोबाईल एण्ड इलेक्टिक पसलबाट विभिन्न नयाँ तथा पुराना मोबाईल गरगहना चोरी गरिफरार श्याम प्रजा भन्ने सुर्य बहादुर मगरलाई नियन्त्रणमा लिई निजको साथबाट मोबाईल, विभिन्न किसिमका गरगहना, रिचार्ज कार्ड लगायतका सामान बरामद गरी डिउटीमा इमानदार पुर्वक कार्यसम्पादन गरेकाले सम्मान गरिएको धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङले मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्धेश्यले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरि सम्मान गर्ने गरेको छ ।