
हेटौंडा । राष्ट्रियसभाको वागमती प्रदेशतर्फको दुवै पदमा सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेकी छिन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गिता काफ्लले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
